Friday, July 28, 2017

काठमाडौँ उपत्यकावासीले इन्टरनेट हडताल गर्ने

काठमाडौँ उपत्यकावासीले इन्टरनेट हडताल गर्ने

इतिहासमा पहिलो पटक, नेपालमा इन्टरनेट हड्ताल हुँदैछ। विश्वका कतिपय मुलुकहरूमा यो सामान्य भए तापनि नेपालमा भने यो एउटा नयाँ र फरक धारणा हो। एकचोटी अमेरिकामा एउटा कानुनको विरोध गर्न विभिन्न वेबसाइटहरू केही निस्चित समयका लागि वेबसाइट मालिकले नै हटाएका थिए। यस पछि उनीहरू सडका उर्लिए। नेपालमा भने यो पहिलो इन्टर्नेट हड्ताल नयाँ ढङ्गले हुँदैछ।

के हो यो इन्टरनेट हड्ताल?
नेपालमा इन्टरनेट हड्ताल नयाँ कन्सेप्ट हो। हुन त अन्य देशहरूमा यो भैसकेको छ। तर अन्य देशहरूमा भन्दा फरक ढङ्गले नेपालमा हुन गैरहेको छ। हामीले कुनै वेबसाइट नै ह्याक गर्न खोजेका होइनौँ तर आफ्नै व्यक्तिगत सामाजिक संजालको खाता मार्फत हाम्रा मुद्दाहरूलाई राष्ट्रिय स्तर र सम्बन्धित निकायको नजर बिन्दुमा ल्याउने प्रयास हो। यो खबरदारीको पनि प्रयास हो।

हामी किन यो गर्दैछौँ?
हाल नेपाः उपत्यका(अर्थात काठमाडौँ उपत्यका)मा निकै धेरै समस्याहरू आइरहेका छन। उपत्यकामा के कस्ता समस्या छन र कति समस्या छन यसको व्याख्या शायदै गर्नुपर्ने आवश्यकता छैन, किनभने हामी त्यसका भुक्तभोगी हौँ, धेरैले देखेका र सुनेका छौँ। हामी सबै काठमाडौँलाई देशको राजधानी भन्छौँ तर यो राजधानी सबै भन्दा बढी विकसित स्थान मानिन्छ, तर यहाँको अवस्था भने राजधानी सरह कतै छैन। यहाँको हावा, पानी, सम्पूर्णमा नै वरिक्तता छाइसकेको छ। सर्वप्रथम त हामीले विकासको परिभाषा नै बुझेका छैनौँ। मानिसको जनजीवनमा सुधार ल्याउनु भन्दा संरचनामा बढी केन्द्रित गरेको पाइन्छ। त्यसैले यस समस्याहरूका लागि स्थायी समाधान खोज्न एकदम आवश्यक भैसक्यो।
इन्टरनेट हड्तालको हाम्रो मुख्य चासोका विषय यी हुन:
एकदमै केन्द्रित विकास। हामी नेपालका अन्य क्षेत्रहरूमा पनि विकास पुगेको हेर्न चाहन्छौँ।
विकासको नाममा विनाश। विकासको सही परिभाषा लागु गर्न आवश्यक छ। निर्माणका कार्यबाट हुने सकरात्मक र नकरात्मक प्रभावको अनुसन्धान नगरी नै निर्माण हुँदैछ। हामीले विकासलाई निर्माणका कार्य सँग मात्र जोडेर हुँदैन, तर दिगो विकास र मानवतामा सकरात्मक प्रभाव सँग पनि हेर्नुपर्छ।
हाल भएकै बस्तीहरूमा धेरै समस्या छ। विकासका कार्यहरूमा यो प्राथमिकता हो, न कि थप बस्ती बढाउने। हालकै बस्तीहरूका व्यक्तिहरूको जीवन स्तर र आर्थिक उन्नतिमा सोच्नुपर्छ। बाटोका खाल्डा खुल्डी पुर्ने, पीच गर्ने, ट्राफिक व्यवस्थापन गर्ने, पैदल यात्रु मात्र क्षेत्र देखि आवश्यकता र स्थानको प्रकृति अनुसार सवारी साधनको व्यवस्थापन गर्ने। खानेपानी, स्वास्थ्य र रोजगारमा ध्यान दिने।
वातावरण र प्रकृति मावन जीवनका लागि अत्यावश्क छ, तर हामी सबैलाई उपत्यकाको प्रदुषण स्थिति बारे अवगतै छ। यहाँको हावा, पानी र माटो हानिकारक मात्र होइन विषजन्य पनि भैसक्यो। वातावरण संरक्षण र स्वस्थ हावा पानी हुनुपर्छ। यसमा उर्वरा भूमीको संरक्षण, हरियालीको स्थापना समावेश हुन्छ।
हामी सबैलाई उपत्यकाको उर्वरा भूमी शक्तिको बारे ज्ञान छ। यस्तो उर्वरा भूमी र अधिकांश कृषि पेशामा लागेका व्यक्ति भएको देशले अर्बौँ रूपियाँको खाद्यान्न आयात गर्छ। कुन भूमी खेतीको लागि हो कुन आवास क्षेत्रका लागि, कुन अस्पताल क्षेत्रका लागि आदि निश्चय गर्नुपर्छ। यो हाम्रो देशको खाद्यान्न साम्प्रभुत्व सँग सम्बन्धित छ। हाम्रो जमिनको सदुपयोग होस र “भू-उपयोग ऐन” बनाउन आवश्यक छ।
रियल स्टेट र भूमाफियाहरू द्वारा निर्मित अव्यवस्थित र अनियन्त्रित रूपमा बढ्दै गएको नयाँ बस्तीहरू माथि अब देखि रोक लगाइनु पर्छ, जसका कारण उपत्यका अस्तव्यस्त र स्प्रल हुँदै छ। यो भन्दा देशका अन्य क्षेत्रमा शहर निर्माण तर्फ ध्यान दिनुपर्छ।
यस उपत्यकाको पुरानो र प्राचिन सभ्यताको संरक्षण, संवर्दन र विकास हुनु आवश्यक छ। सम्पदा सँग सँगै सम्पदा बस्ती पनि संरक्षित हुनुपर्छ। इन्डिजिनस ज्ञानको प्रयोग हुनुपर्छ।
हामी बाहिरी चक्रपथ र स्याटलाइट सहरको निर्माणको विरोध गर्छौँ। हामीलाई सडक विस्तार र विस्थापनको आवश्यकता छैन। हामी द्रुतमार्गको अलाइन्मेन्टको विपक्षमा छौँ। स्प्रल र अव्यवस्थिततालाई बढाउने परियोजनाको विरोध गर्छौँ। हामी अहिलेको काठमाडौँका क्षेत्रहरूकै स्तरोन्नती गर्ने र अन्य देशका अन्य क्षेत्रमा नयाँ शहर बनाउने पक्षमा छौँ।
यी मगका कारण देखाउने टिप्पणीहरूको लिङ्क लेखको अन्त्यमा छ।


हामी यो कसरी गर्दैछौँ?
यस इन्टरनेट हड्ताललाई नेपाः उपत्यका बचाऔँ महाअभियानले अगाडी ल्याएको हो, र यो हामी सम्पूर्ण नेपाली जनताहरूका निमित्त हो। हामी सके सम्म सम्पूर्ण सामाजिक संजालको माध्यम अपनाउनेछौँ। त्यसमा मुख्य फेसबुक र ट्वीटर रहेनेछ। इन्स्टाग्राम पनि प्रोत्साहित छ। सर्वप्रथम त तपाइँले यस निम्न प्रस्तुत तस्वीर डाउनलोड गर्नुपर्ने हुन्छ।
20314823_10155491413417270_942348749_o
इन्टरनेट हड्ताल यही साउन १७ गते(अगस्ट १ तारिख)का दिन हो।
यस दिन २४ घण्टाका लागि अन्य कुनै पोष्ट सामाजिक संजालमा नहालौँ। #SaveNepaValleyभन्ने ह्यासट्याग राखेर केवल त्यही फोटो मात्र पोष्ट गरौँ। यही हाम्रो हड्ताल सम्बन्धित पोष्ट र यही तस्वीर मात्र त्यो दिनमा त्यही ह्यासट्याग राखेर पोष्ट गरौँ। यो सँग सँगै काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रमुखहरूलाई सभ्य भाषामा आफ्नो माग बारे ईमेल पठाऔँ। वहाँहरूको ईमेल आइडी: ykp.kvda@gmail.com

त्यही तस्वीर र खबरदार नै किन?
यो तस्वीर हाल्दा जनमानसमा एउटा उत्सुकता आउँछ। यो तस्वीरले खासै धेरै कुरा बयान गर्दैन। यसले मात्र खबरदारी जनाउँछ र नेपाः उपत्यका बचाऔँ बारे बोल्छ। जति धेरै मानिसहरूले उही फोटो उही ह्यासट्याग गारी अपलोड गर्छन, त्यती नै जनमानसमा उपत्यकामा के हुँदैछ भन्ने बारे उत्सुकता र चासो बढन थाल्छ। त्यसैले फेसबुकमा अनि ट्वीटरमा यस अभियानलाई बढी हालौँ। टवीटरमा त धेरै व्यक्तिहरूले अपलोड गरे भने त्यो मुद्दा भाइरल हुने धेरै सम्भावना छ।

यसरी प्रशासन एवम जनमानस लगायतका ध्यानाकर्षण भयो भने यो मुद्दाले राष्ट्रिय हाइलाइट पाउँछ, अझ अन्तराष्ट्रिय हाइलाइट पाउने पनि सम्भावना छ। उपत्यकामा केही ठूलै हुनेवाला छ भन्ने मानसिकता प्रशासनमा पस्छ। अझ ट्वीटरमा त Hello Sarkar लाई टायग गर्यो भने झन प्रभावकारी हुन्छ।
यस इन्टरनेट हड्तालको २४ घण्टा पछि हामी हाम्रो औपचारिक पेज नेपाः उपत्यका बचाऔँ महाअभियान अनि यही ब्लगमा साउन १८ गते ठीक बिहान ७ बजे हाम्रो औपचारिक मागपत्र सार्वजनिक हुनेछ।
मागपत्रमा हाम्रै माथि दिएका एजेण्डाकै बारेमा व्याख्या गरिएको हुनेछ।


यसको प्रभाव के हुनेछ?
हामी अक्सर भन्ने गर्छौँ, “फेसबुकमा मात्र कराएर के नै हुन्छ र”। तर हामीले समाजिक संजालको तागतलाई कम आँक्नु हुँदैन। फेसबुकमा “मात्र” गरेर केही हुँदैन, तर फेसबुक र ट्वीटरबाट पनि धेरै कुराहरू हुन सक्छ र हुन्छ पनि। हामीले विगतमा ट्वीटरबाट भाइल भएका मुद्दाहरू नदेखेका छैनन।
यसको अर्को कारण के हो भने साउन १९ गते नेपालको सर्वोच्च अदालतले स्थानीय जनताले लगाएको मुद्दाको फैसला गर्न लागेको छ। यस मुद्दालाई जनताको विपक्षमा फैसला गर्न वा मुद्दा नै खारेज गर्न काठमाडौँ उपत्यका विकास प्राधिकरणले जालझेल गर्दैगरेको छ। यसै कारण यो
मुद्दा सुनवाइको २ दिन अगाडी यस मुद्दालाई भाइरल बनाउन सफल भयौँ भने शासनमा रहेका देखि प्रशासन र सबैजना सतर्क हुनेछ।
यसरी गर्ने
dghdfhdf
sdgsdfg

source - Nareshbir Shakya

No comments:

Post a Comment

NEPAL SAMBAT , NEPALESE NATIONAL ERA  Nepal sambat was founded on October 20, 879 A.D. during th reign of Thakuri King Raghavadeva (ca....