Friday, August 11, 2017

नृत्य निर्देशक संघले स्थापना दिवस मनायो

नृत्य निर्देशक संघ नेपालको स्थापना दिवसको अबसरमा आयोजना गरिएको रास्ट्रीय नृत्य दिवस २०७४ यही २०७४ श्रावण २६ गते बिहिबार भृकुटिमन्डप काठ्मान्डौमा सम्मपन्न भयो ! बारीस्ठा नृत्य गुरु भैरब बहादुर थापाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी सुचना तथा सन्चार मन्त्री मोहन बहादुर बस्नेत हुनुहुन्थियो ! उक्त कार्यक्रममा सभासद श्री सेर बहादुर तमाङ सभाषाद बिनोद श्रेस्ट सभाषाद रुपा महर्जन नृत्य बिद मनोरन्जन जोशी चलचित्र नृत्य निर्देशक राजु शाह सान्स्कृतिक सन्स्थानका महापर्बन्धक राजेश थापा निर्देशक तथा लोका गायक नारायण रायमाझिको उपस्थिती भएको थियो ! उक्त कार्यक्रममा राजेश थापालाई अभिनन्दन गरिएको थियो ! सोही अबसरमा बेटी बज्रचार्यले रु १०११०१ (एक लाख एक हजार एकसय एक रुपैयाँको !अक्ष्यकोषको घोसणा गरी चेक  संघका अध्यक्ष भुएअन श्रेष्ठलाई हस्तन्तरण गर्नुभयो ! सोही कार्यक्रममा काठ्मान्डु भक्तपुर र लालितपुरका नृत्य प्रतियोगिताका बिजेता लाई शिल्ड बितरण गरियो सभाषाद सेर बहादुर तामाङले आगामी साम्सदिए कोषको बजेट बाट नृत्य निर्देशक संघ नेपालाले गर्ने कार्यक्रमका लागी पाच लाख बजेट दिने बचन ब्यक्त गर्नु भयो ! "नृत्य हाम्रो अभिमान कला र सन्स्कृतिको पहिचान " भन्ने मुल नारा रहेको संघको कार्यक्रमासुरु बिभिन्न झाकिले टुडिखेल परिकर्मा गरेको थियो .

Thursday, August 10, 2017

“आर्मीहरु फटाहा हुन्छन् , जाहाँ गयो त्यही श्रीमती बनाउन खप्पिस् हुन्छन्

काठमाडौं। कुरा आज भन्दा झण्डै ७/८ महिना पहिलेको हो । जति बेला म नेपालगञ्जमा बसेर पत्रकारीता गर्दै थिएँ । एक दिन मलाई एक जना अधिकारकर्मी दिदीको फोन आयो र –“बैनी तपाँई काहाँ हुनु हुन्छ ? जहाँ भएनी हामीसंग तपाँई राँझा ब्यारेकमा गईदिनु पर्ने भयो । आर्मी लोग्नेद्धारा पिडीत बनाईएको महिलाको केस हो ।” “आर्मीहरु फटाहा हुन्छन् । यीनीहरुले महिलाहरुलार्ई निकै नै दुःख दिन्छन् । यीनीहरुको हृयदमा महिला प्रति कुनै दया माया हुदैन । त्यसमा पनि श्रीमती प्रति त झनै हुंदैन । जाहाँ गयो त्यही श्रीमती बनाउन खप्पिस् हुन्छन् ।”

समाजिक वातावरणले मेरो मानसपटलमा नेपाली सेना प्रती यस्तो छाप छोडेको थियो । समाजमा देखिएका कतिपय घटनाले मेरो मस्तिष्कमा यस्तो छाप परेको हुन सक्छ । त्यो दिन त्यसरी फोन आउँदा म त्यही पुर्वाग्रही मानसिकता वोकेर रांझा ब्यारेक हानीएँ ।

माघको यस्तै दोश्रो साता हो । जाडो महिनामा झण्डै डेढ महिना घामको मुख देख्न पाइँदैन नेपालगन्जमा । त्यो दिन लागेको घाम लागेको होला ममा निकै उर्जा थियो । वास्तविकता जान्ने उत्सुकताले मलाई खाना खाने समय पनि खेर फाल्न मन लागेन र झोला बोकेर हिंडे राँझा ब्यारेक तिर । त्याहाँ पुग्दा बिहानको यस्तै १० बजेको हुँदो हो ।

रुपनी जि यम

राँझा ब्यारेकको कम्पाउण्ड भित्र रहेको प्रतिक्षालयमा पीडित महिला तृप्ति सानो बच्चा काखमा लिएर बसीरहेकी थिईन् । त्यस बाहेक अधिकारकर्मी र पीडित महिलाका केही आफन्त पनि संगै थिए । त्यही समुहमा गएर म पनि मिसिएँ । झण्डै १५ मिनेट हामी त्यसै त्यो प्रतिक्षालयमा कर्णेल सरको प्रतिक्षामा बस्यौं । तृप्तिको अनुहारमा देखिएको उदासी र उनको काखमा रहेको अवोध वच्चाको अवस्था देखेर मेरो मन चसक्क भयो । तृप्तिलाई यस्तो अवस्थामा पु¥याउने सैनिक प्रति झन घृणा जागेर आयो ।

करिव १५ मिनट पछि कर्णेल हामी बसेको प्रतिक्षालयमा आई पुगे । सानो नानी काखमा राखेर मलिन अनुहार लिएर बसेकी तृप्ति केही चनाखो भईन् । उनी त्यहाँ न्यायको अपेक्षा लिएर गएकी थिईन् । कर्णेल आए पछि उनको कथा सुरु भयो । सन्दिपसंग विवाह हुनुपुर्व उनी कुनै गैरसरकारी संस्थामा कार्यरत थिईन् । चार वर्ष अघि नेपाली सेनामा कार्यरत सन्दिप (नाम परिवर्तन) सिंह ठकुरीसंग उनको विवाह भएको थियो ।

उनी भन्दै थिईन्–“विवाह पछि मलाई जागिर नर्गन भनेर यसैले भन्यो र मैले पनि लोग्ने हो भनेको मान्नु पर्छ भनेर जागिर छाडें । अहिले मलाई एक रुपैंया पनि दिंदैन । माग्दा तँलाई बसिबसि पाल्न ल्याएको हुँ र ? भन्दै रातदिन पिट्छ । आफु अरुसंग लागेको छ उल्टै मलाई जेठाज्युसंग लागेकी भनेर मेरो चरित्रमा दाग लगाएको छ ।”

उनको त्यो कुरा सुन्दा मलाई लाग्यो यस्तो सीमा नाँघिएको आरोप के श्रीमानले आफ्नी श्रीमतीलाई लगाउन सक्छ ? त्यो पनि आफ्नै दाईसंग सम्बन्ध गाँसिएको ? म सोच्दै थिएँ के यो आरोप साँचो होला त ? म सोंचिरहेकी थिएँ । त्यत्तिकैमा उनी फेरी बोलिन्–“यति मात्रै होर करसाप, मलाई रेष्टुरेन्टमा गएर मःम, चाउमीन र पिजा खाँदै हिंडने तँ ?

तँलाई खानलाई घरमा भात छैन ? साथी के तेरा मात्र छन् ? राति राति घरमा आउने तँ गति छाडा भन्दै कुट्छ । तपाँई नै भन्नुस् न विवाह ग¥यो भन्दैमा के साथीहरुसंग कुरै नगर्नु ? विवाह ग¥यो भन्दैमा के मःम, चाउमीन खाँदै नखानु ?” तृप्तिले यो कुरा सुनाएपछि उनको श्रीमान प्रतिको मेरो मानसिकता झनै नराम्रो बन्दै गयो ।

रेष्टुरेष्टमा गएर मःम चाउमिन खांदैमा के महिला चरीत्रहिन हुन्छन ? यस्तो कुरा सुनेर मेरो हृदय काँप्यो । त्यसो त म मेरो जिवनमा कतिपटक रेष्टुरेष्टमा गएँ हुँला । त्याहाँ मैले कयौ पटक कति जनासंग बसेर मःमः चाउमिन खाएँ हुँला । यदि म विवाहीत भएको भए मेरो श्रीमानले पनि यस्तै साेंच्दाहुन् त ? के सबै श्रीमतीका श्रीमानको यस्तै मानसिकता हुन्छ होला त ? भन्ने पनि लाग्यो ।

यस्तो लान्छना लगाउने सन्दिप मात्र पहिलो ब्यक्ति रहेनछ उनको जिवनमा । उनको पहिलो लोग्नेले पनि उनलाई यस्तै आरोप लगाएका थिए रे । सन्दिप त तृप्तिको दोश्रो श्रीमान पो रहेछन् । तृप्तिका अनुसार पहिलो श्रीमानले पनि उनलाई चरित्रहीन भन्दै यातना दिएर घरबाट निकालेको रे । त्यसरी घरबाट निकालेपछि उनी छोरीलाई लिएर माईत बस्दै गर्दा सन्दिपसंग भेट भएछ । सन्दिपसंगको सम्बन्ध सामीप्यता पछि मित्रता हुंदै प्रेममा परिणत भएछ । तृप्तिको अतितले उनीहरुको दाम्पत्य जिवनमा कुनै असर नगर्ने कुरामा तृप्तिलाई सन्दिपले विश्वास दिलाए पछि उनीहरुको विवाह भएको थियो ।

तृप्तिले आफुलाई लगाइरहेको सबै खाले आरोप त्यही प्रतिक्षालयमा बसेर सुनीरहेका उनका पति सन्दिपले ठाडै अस्विकार गरे । उनले त तृप्तिले नै उल्टै आफुलाई फसाएको बयान दिए कर्णेल सामु । सन्दिप भन्छन्–“हाम्रो भेट फेसबुकमा भएको हो सर । मैले यस्लाई माया गरेको पनि हो । यस्को बिहे भएको भन्ने थाहा थियो मलाई । श्रीमानले मलाई बुझेन, सधैं मलाई पिट्छ, मार्छ भन्दै मसंग रुन्थी पनि । यस्का यी भनाईहरु केटा फसाउने चाल रहेछन् । यही चालमा म नराम्ररी फसें सर ।” उनीहरुको विवाह हुंदा सम्म पनि सन्दिपलाई तृप्तिको पहिलाको श्रीमानबाट एउटा छोरी छ भन्ने समेत थाहा रहेनछ । तृप्ति कृष्चियन हो भन्ने पनि विवाह पछि मात्र थाहा पाएको रे सन्दिपले ।

सन्दिपले विलौना गर्दै भने–“सबै कुरा यस्ले मलाई झुटो बोली करसाप । मेरो गल्ति यत्ति नै भयो कि मैले यस्लाई विश्वास गरें । परिवारको कुरा नमानेर मैले योसंग प्रेम गरे, बिहे गरें । मेरो डेढ् वर्षको छोरी छ सर । म छोरीको कसम खाएर भन्छु, मैले हैन यस्ले मलाई पिडीत बनाकी छे सर ।” त्यतिबेला सन्दिपको कुरामा मलाई एक प्रतिशत पनि विश्वास लागेन ।

किनकी म पुर्वाग्रही सोंच लिएर त्यहाँ पुगेकी थिएँ । मलाई लाग्यो यो सबै आफुलाई सही र तृप्तिलाई गलत साबित गर्ने सन्दिपको चाल हो । पत्रकारीताको अनुभवमा मैले भोगेको पिडकको बयान जहिले पनि आफुलाई बचाउनका लागी हुन्छ । त्यसैले त्यो समयमा म आँखा चिम्म गरेर तृप्तिकै पक्षमा उभिएँ ।

झण्डै ७-८ घण्टाको लामो बहसमा तृप्ति र सन्दिप एक अर्कालाई दोष दिंदै आरोप प्रत्यारोप गरि रहेका थिए । त्यतिबेला सन्दिप भन्दा तृप्तिको स्वर ठुलो भयो । किनकी त्यतिबेला उनलाई अधिकारकर्मी, संचारकर्मी लगायतको साथ र समर्थन थियो । यहि साथ र समर्थनले उनमा उर्जा मिलेको हुनसक्छ, मलाई लाग्यो ।

श्रीमानले लगाएका सबै खाले आरोपहरुलाई सबै सामु उनले छरपस्ट पस्कि रहँदा यता मेरो मानसिकता भने उनको श्रीमान प्रति नकारात्मक बन्दै गई रह्यो । उनको कुरा सुनेर मलाई जस्तै नमज्जा सायद उनको पक्षबाट बोल्नका लागी त्याहाँ पुगेका अरु अधिकारकर्मी महिलालाई पनि लागेको हुनु पर्छ ।

त्यतिबेला उनको क्रन्दन यस्तो थियो मानौं कि त्यो ब्यारेक भित्रको आर्मीहरुले मात्रै हैन वरपरको छिमेकले पनि सुनिरहेका छन् । उनको आँखाबाट खसेका आँशुलाई यदि एउटा ठूलो तबेलामा संगालेको भए सायद त्यो तबेला भरिने थियो । त्यतिबेला उनको क्रोध हिन्दु धर्म शास्त्राअनुसार काली चण्डीका जस्तो थियो ।

त्यो समय उनको त्यो आवेशलाई मैले स्वाभाविक नै लिएँ । तिन वर्ष देखि गुम्सिएको पीडा, आवेग सबै एकै पल्ट निस्किएको जस्तो । उनले हाम्रो रोहवरमा सन्दिपसंग प्रष्ट माग राखिन् । उनलाई सन्दिपसंग छोडपत्र चाहिएको छैन । तर सन्दिपको घरमा गएर उनी बस्न नसक्ने रे । दुई छोरी सहित माइतमा नै बस्न चाहन्छिन् उनी । तर सन्दिपको आम्दानीको ५० प्रतिशत उनलाई चाहिन्छ । उनीहरुका कुरा सुनीरहेका कर्नेलले दुवैको कुरा टुंगीएपछि सम्बन्ध सुधारका लागी केही समय घरमा संगै बस्न सुझाव दिए । तर तृप्तिलाई त्यो सुझाव स्वीकार्य भएन ।

“म लोग्नेको पिटाई खान उसको घरमा जान सक्दिन करसाप । मेरो ज्यानको सवाल छ । यस्ले मलाई जे पनि गर्न सक्छ ।” उनले भनिन् । अन्नतः तृप्तिका सबै माग पुरा भए । सोही अनुसार कागज पत्र बने । दुवै जनाको सहिछाप भयो । सन्दिपले मन अमिलो बनाउंदै सर्तनामामा हस्ताक्षर गरे । हामी पनि तृप्तिको त्यो जितलाई हाम्रो जित मानेर दंग थियौ ।

त्यहाँ आफ्नो कुराको सुनुवाई नभएपछि तृप्तिबाट सम्बन्ध बिच्छेद चाहेका सन्दिपले आफ्नै गाविसमा मुद्दा दर्ता गराए । त्यस पछि पनि म एक पत्रकार भएकै नाताले तृप्तिलाई न्याय दिलाउने अभियानमा लागिरहें ।

तृप्तिको न्यायको लडाईमा ६/७ महिना सम्म धेरै पटक मैले उनलाई भेट्ने, कुराकानी गर्ने गरीरहें । यसैको दौडानमा मैले तृप्तिलाई अध्ययन गर्ने राम्रै मौका पाएँ । उनी प्राय मसंग भेटि रहन्थिन् । म संग भेट्न आउंदा उनको सेलफोनका घण्टि बारम्वार बजिरहन्थे । म संग कुरा गर्न आएकी तृप्ति म संग भन्दा धेरै समय फोनमा अरुसंगै बिताउँथिन् । कुराकानीबाट थाहा हुन्थ्यो उनलाई धेरै फोन बिदेशवाट आउँथे ।

एउटा सकिन्थ्यो अर्काे आईहाल्थ्यो । अनि फोन ईङ्गेज भएकोमा उनलाई सफाई दिन हम्मे पथ्र्याे । ती फोनहरुमा उनका वार्तालाप सुन्दा यस्तो लाग्थ्यो मानौं कि जतिले उनलाई फोन गरेका हुन्थे ती सबै उनका श्रीमान् हुन् । एकदिन त उनले फोनमै भनिन्–“घरमा आएर मेरो हात मागेरै मसंग बिहे गर्छु भन्नेले जाबो ७० हजार पठाउन पनि यस्तो गाह्रो है ? अझैं हेरन अस्ति पठाएको त्यो जाबो ३० हजारको कुरा गर्ने । विश्वास छैन है ममा ? त्यस्तो लाग्छ भने छोडे भैहाल्यो नी ? मैले मात्र हो रहेछ माया गरेको तपाँईलाई ।

कसरी विश्वास गर्नु र खै ?” यति भनेर उनले फोन काटिन् । अलि घुर्किलो पारामा । त्यो डिस्कनेक्ट हुन नपाउँदै तुरुन्तै फेरी अर्काे फोन आयो । पछिल्लो फोनले उनको अनुहारमा मुस्कान फैलायो । अनि भनिन्–“धन्यवाद छ है तपाईले पठाएको ५० हजार मेरो एकाउण्टमा आइपुग्यो । फेरी आवश्यक पर्यो भने फोन गर्छु है । आई रियली लव यू एण्ड आई मिस यू बाबा । यू आर सो क्युट ।” म संग कुराकानी गर्न आएकी तृप्ति नेपालगन्जको सिद्यार्थ कटेजमा करिब एक घण्टा बसिन् त्यो समयमा उनले चार फोन रिसिभ गरीन् । म संग मुस्किलले ५ मिनट कुरा गरीन् होला ।

उनको फोन वार्ता मैले सुनेकोमा सायद अप्ठेरो लागेर हुनसक्छ अनि भनिन्–“यस्तै हो बैनी मलाई मन पराउनेहरु हजारौं छन् । सबै मन पराउनेहरुसंग बिहे गर्न नी सकिंदैन । तिमीलाई सबै कुरा थाहा छ सन्दिपको पैसाले मलाई त के छोरीलाई लिटो सम्म किन्न पुग्दैन ।” मैले भने –“यसो नर्गनु दिदी तपाँईले सबैसंग पैसा माग्नु भाको छ ति सबै नेपाल फर्केर तपाईसंग त्यो पैसा फिर्ता मागे भने के गर्नुहुन्छ ?” उनको सजिलो जवाफ –“उनीहरुसंग जुन फोन नम्वर प्रयोग गरेर कुराकानी गरीरहेकी छु त्यो नम्बर एनसेलको हो । सिम झिकेर फालि दिन्छु ।

१०० रुपैयामा नयाँ सिम किन्न पाईन्छ । सिम्पल नि, यस्तो कुरामा मलाई टेन्सन लाग्दैन बैनी ।” उनको यो जवाफले मलाई अक्क न बक्क बनायो । उनको यस्तो ब्यवहारले मलाई सोंच्न बाध्य बनायो । कतै मैले गलत मान्छेलाई त साथ दिइरहेको छैन ? मैले तृप्तिलाई बुझ्नु जरुरी छ मेरो मनले ठान्यो ।

अनी उनले नजिकको मानेको एक जना दिदी विद्या (नाम परिवर्तन) लाई भेट्न गएँ । उनले सुरुमा त कुरा खोलिनन् तर मैले अनेक तरिकाले फकाएपछि मात्र कुरा खोलिन् । र भनिन्–“ऊ एउटा स्मार्ट पेशेवर हो रुपनी बैनी । उस्लाई ईज्जतको कुनै पनि डर छैन । किनकी उस्ले आफुलाई पेशेवर बनाईसकी छे । ऊ निकै नै खतरनाक र चलाखि आईमाई हो ।”

म त छाँगाबाट खसेजस्तै भएँ । कस्तो पेशेवर ? म जान्न उत्सुक भएँ । कुरा खोतल्दै गएँ । ती विद्या दिदीले भन्दै गईन् । मेरो आँखा अगाडीको उज्यालो पनि अध्यारोमा परिणत हुंदै गयो । “उसंग मान्छेलाई आफु तिर तान्ने बेग्लै खुबी छ बैनी । मैले उस्लाई कत्ति गाली गर्छु । गाली गर्दा तपाँईले पनि मलाई बुझ्नु हुन्न है दिदी भन्छे ।

म के गरु बैनी ? मसंग आएर रोएको नाटक पार्छे । मलाई माया गर्ने हुजुर नै हो दिदी भन्छे । हजुरले पनि यस्तो भन्नु हुन्छ भन्दै रोएको नाटक पार्छे । आउनेलाई नआईज भन्न पनि नमिल्ने । उस्को फोनमा गरिएको कुराकानी सुन्दा मलाई नै दिक्क लाग्छ ।” विद्या दिदीको कुराले मात्र मैले तृप्तिप्रती गलत धारणा बनाईहाल्नु ऊ प्रतिको अन्याय हुन्थ्यो ।

त्यसैले मैले उनको बारेमा बुझ्न अनेक च्यानल प्रयोग गर्न थालें । तब मलाई थाहा भयो उनी त साँच्चै निकै नै स्मार्ट पेशेवर रहीछन् । उनको केसको लागी उनीसंग संगै हिंडदा मलाई केही भन्न नसकेकाहरुले पछि मैले उनको बारेमा बुझ्न शुरु गरेपछि पो सबैले भन्न थाले कि मैले तृप्तिलाई साथ दिएर धेरै नै गलत गरेछु रे ।

ज–जस्लाई मैले भेटेर तृप्तिको बारेमा बुझने प्रयास सम्म के गर्थें सबैको एउटै भनाई हुन्थ्यो–“तपाँईले गलत मान्छेलाई साथ दिई रहनुभएको छ । रोएर हुनेखानेलाई फसाउने उस्को कला हो । तपाँई हामी काठमाण्डौ गाडीमा जान्छौं ऊ प्लेनमा जान्छे, जस्को प्लेनमा चढी हिंड्ने कुनै आय श्रोत नै छैन ।

काठमाण्डौ देखि पश्चिम नेपालका प्राय सबै होटेलहरु उस्कै नाममा बुक हुन्छन् ।” अब भने म ढुक्क भएँ मैले गलत मान्छेलाई नै साथ दिइरहेकी रहेछु । समय बित्दै थियो । एक पटक उनलाई मैले होटेल नमस्तेबाट राती पौने १० बजे एक जना पुरुषसंगै निस्किएको देखें । त्यो होटेलमा हाम्रो प्रोजेक्टको एनुएल प्रोग्रामको डिनर पार्टी थियो ।

त्यति ठुलो भिडबाट पनि मैले उनलाई कसैसंग होटल बाहिर जाँदै गरेको देखें । मैले उनलाई चिनीहालें । होटलमा कसैसंग जानु र होटेलबाट निस्कनु त्यति ठुलो विषय मानिदैन र म पनि मान्दिन । तर उनी एउटा साधारण पिडीत महिला भनेर मैले चिनेको हुनाले उनलाई त्यो समयमा त्याहाँ देख्नु मेरो लागी शंकाको विषय बन्यो । र त्यही शंका लागेकोले भोलीपल्ट मैले उनलाई फोन गरेर हिंजो राती एक जना पुरुषसंग देखेको बताएँ । जवाफमा उनले ति पुरुषको परिचय मैले चिनेको मान्छेको पो दिईन् । तर उनीसंग देखेको पुरुषलाई मैले चिन्दिनथें । उनले मलाई सिधै झुट बोलीन् ।

जब तृप्ति एउटा स्मार्ट पेशेवर हो भन्ने मैले जाने । त्यसपछि उनको श्रीमानलाई त्यो राँझा ब्यारेकमा गालि गरेको सम्झिएँ । र मन मनै निकै दुःखी पनि भएँ । त्यतिबेला मात्रै मैले सन्दिपको पिडालई महसुस गरें । जब मैले तृप्ति साँच्चिकै पेशेवर नै रहीछिन् भन्ने कुरा जानें । घटना क्रमसंग नजिक हुने क्रममा मलाई थाहा भयो तृप्तिको पहिलो श्रीमानले हैन रहेछ उनी आफैले नै पहिलो श्रीमानलाई छाडेकी रहीछन् । ११ वर्षको पत्रकारीता जिवनमा मैले यस्तो गल्ती कहिल्यै गरेकी थिईन । म बाट किन यस्तो गल्ति भयो । म आफै पश्चातापमा परें ।

जे होस् एउटा स्मार्ट पेशेवरको संगतबाट मैले धेरै कुरा सिक्ने मौका पनि पाएँ । मैले यो आर्टिकलमा तृप्ति र उनीसंग सम्बन्धित व्यक्तिहरुको वास्तविक नाम उल्लेख नगर्नुको एउटै कारण हो तृप्तिको छोरी । उनको पहिलो लोग्नेबाट जन्मिएको छोरीले एस वर्ष एस.एल.सी ए प्लसमा पास गरेकी छिन् ।

म एउटा लेखिका मात्र हैन । कसैकी छोरी पनि हुँ । त्यसैले म चाहाँदिन कि, आमाले गरेको व्यवहारको मूल्य त्यो छोरीले अनाहकमा तिर्न परोस् । आफ्नो छोरीहरुको पनि भविष्यको बारेमा नसोंच्ने विचित्रकी आमा बन्यौ तिमी तृप्ति । ती अबोध नानीहरुलाई आफ्ना बुवाहरुबाट टाढा बनाएर दुनियाँको बुवाहरुलाई लुट्दै छोरीहरु पाल्ने तिम्रो मतृत्वलाई धिक्कार छ ।

सक्छौ र तिमीसंग हिम्मत छ भने खुलेर पेशेवर बन । कमसे कम तिमीलाई थुक्ने त छैनन् । यसरी आफुसंगै अरुको पनि घरबार बिगारि नहिंड । सबैले तिम्रो साथ छोड्दा कुनै दिन तिमीलाई साथ दिएकै नाताले यो सुझाव हो मेरो तिमीलाई !

संबन्धित

खसी बोका बिक्री गरेझैँ छानीछानी नेपाली घरेलु कामदार बिक्री हुन्छ

बिदेशमा रहेको श्रीमान संग भिडियो कलमा कुरा गर्दागर्दै मृत्यु भएपछि …

ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गर्ने पर्व गाईजात्रा

यी ७ कुरालाई कहिल्यै शंका नगर्नुस्, महापाप लाग्ने छ

नेपाली जनताले भारतप्रती जे सोंचेपनी भारतीय जनताले नेपालको बारेमा के भन्छन्? (भिडियो)

श्रीमान विदेशमा, गाँउकै ५ जना पुरुषसँग यौनसम्बन्ध राख्दा गर्भवती भएपछी घर न घाटकी

ताजा अपडेट

 खसी बोका बिक्री गरेझैँ छानीछानी नेपाली घरेलु कामदार बिक्री हुन्छ

 कोरियामा आत्महत्या गर्ने केशवको ‘सुसाइड नोट’मा श्रीमती र बहिनीको सम्झना यस्तो छ

 प्रचण्डले बिरामी बाबुरामलाई भेटेर यस्तो भने

 बिहेको १ महिनामै स्वेताको सिन्दुर पुछिएको आज तिन वर्ष पुग्यो सम्झनामा श्रीकृष्ण भिडियो

 लागुऔषधको सेवनका कारण युवा पुस्तामा यसको असर विकराल बन्दै

 विवेकशील र साझा पार्टीको अध्यक्ष बन्दै बाबुराम

 पशु चौपायामा खोरेत रोगको प्रकोप

 बिदेशमा रहेको श्रीमान संग भिडियो कलमा क

Friday, August 4, 2017

नेपा:यागु पुलांगु थ्यासफू

नेपा:यागु पुलांगु थ्यासफू -

दामोदर प्रधान, विक्रमशील महाविहार, थम्वही, नेपाल मण्डल l
पाशुपत क्षेत्र, मुक्तिनाथ आदि अनेक तिर्थ स्थल व नेपा:द्येया वर्णन धर्म ग्रन्थलय खन्ह्येदु ! रामायण महाभारत आदि पुलांगु धर्म ग्रन्थले नं नेपा:द्ये यागु अनेक ठाँय्यागु वर्णन जुयाच्वोंगु खन्ह्ये दसां नेपाली संस्कृति थुईक्येत् उगु वखतय च्व:यातगु पुलांगु अभिलेख, लेखोट, ठ्यासफू: (ल्हातं च्व:यातगु सफू:) अध्ययन याय्यमागु जुया, नेपालय ठ्यासफू: च्व:येगु चलन गुवल्ये निस्यें शुरुजुगु व आतक्क लुयावगु दकसिवये पुलांगु ठ्यासफू: वारे छ्गु अध्ययन याय्यगु कुट: याना च्वोना ! चाँगुनारायणदुगु मानदेवयागु शिलालेख (ल्होंयागु थामय कियातागु) आतक्क लुयावगु दक्कसिवय पुलांगु शिलालेख ख: (ईस्वी सम्वत् ४६४) !
परापुर्व कालय धर्म ग्रन्थ कण्ठयाय्यगु गुरूं शिष्य यात ल:ल्हायेगु गुरू शिष्य प्रथा चलय् जुया च्वोंगुख:, ठुगु हिसावन् धर्म ग्रन्थ ल्यं दयाच्वोंगु जुसां गुरूं शिष्ययात लल्हायगु मफयेकं गुरु अईलय मदया (सिना) ग्रन्थन् न्हना वन्गुनं जुईफू:! मिखाय उलेगु अज: दक्कल वलय वईगु हाक ज्याख्यलय याना (प्रयोग याना) हाकुगु मसि दयेका न्हापां सिमा खोलाय च्व:येगु ज्या जुसां कुमिचां स्यंकिगु जुया वरोवर ल्ह्यया कायमागु (साफी याय्यगु) जुल:! चिनिया ईतिहास अध्ययन याय्वले ईस्वी सम्वत् सिब्यें न्ह्यव, हान वंश वल्येह्ये भों यागु चलन दुगु सिह्येदसाँ क्रिस्चियन शताब्दिसिब्यें सच्छीदं न्हवनिस्यें भों यागु उत्पादन जुगु खन्ह्यदु:!  थौं सिब्ये झिनन्यासदं न्ह्यव निस्यें जक्क च्व:यगु ज्याखंय् भोंयागु चलन वगु खन्हये दु:! सीमाखोला ज्याख्यलय याना (प्रयोग याना) भों दयेक्ये फयेवं ल्हातं सफू: च्व:येगु चलन वगु ख:! चिनं भों मंगोलिया जुया पाश्चात्य मुलुक (युरोप) पाख्ये भों यागु व्यापार जुयांली बाईबल व मुस्मातायेसं नं थथगु धर्म ग्रंथत: ल्हातं च्व:येगु (साफि य्यायगु) ज्या शुरू जुगुजुल:! भों यागु आविस्कार जुयाँ लिपा बिभिन्न प्रकारयागु रंगिन मसि दयेक्येगु व अनेक प्रकारं सफू: वांलाक्क किपात: च्व:या सजये यायगु ज्याजुल:! थ्व झोलय अनेक प्रकारया धातु व प्राकृतिक रुपं लुगु चा आदि नं मसि दयेक्येगु ज्याजुगु जुल:! मत: च्याका वगु कुन् (हाक) पाख्यें दयेकातगु हाकुगु मसि (Indian Black) दक्कसिवय बाँलागु जुया अझन् हलिमय (संसारय) चलयेजुया वयाच्वोंगुदु, अठ्येंतुं अनेक प्रकारया धातुत छ्यला दयेकातगु रंगिन मसि कालान्तरय भुईस्ये च्वोना वंगु जुया सुद्ध लुं व वह:यागु मसिन् जक्क बांलागु व तातुगु जुया अंग्रेज तयसं वाईवल, मुस्मां तयेसं कुरान, बौद्ध तयेसं बौद्ध धर्मग्रन्थ च्व:येगु व् साफी याय्यगु ज्या:या शुरुवात जुगु सीइदु:! लिपा नेपालयनं चिनं वगु ल्हातं दयेकुगु भोंतय धर्म ग्रन्थ च्व:येगु ज्याजुगु जुल:! लिपा सिमाखोलां भों दयेक्येगु ज्या नेपालय जुन्स्येंली भोंतय ल्हातं सफू: ल्ह्यया कायेगु ज्या गाक्कं जुगु सीइदु:!
ईस्वी सम्वत् १४४० (बिक्रम संवत १५०६) सं जर्मनी छापये याय्यगु मेसिनया आविस्कार जुस्येंली हलिमय्  (संसारभरि) ब्याक्कं सफू: छापये यायेगु ज्या शुरू जुगुजुल:! नेपालय बिक्रम संवत् १९०८ (ईस्वी सम्वत् १८५१) निस्यें छापाखाना (मेसिनय छापय याय्यगु) यागु शुरुवात जुगुजुल:! (जंग बाहादुर विलाईटं लिहां वयेधुंका!)  
नेपा:यागु पुलांगु ठ्यासफू:
नेपा:यागु पुलांङ्गु ठ्यासफू: वारे अध्ययन यायगु सिलसिलाय आपालं तिथिमिति यकिन (थाहागाहा) याय ठाकुगु सावह्ये ज्यामछिंगु खं खन्ह्येदु:! पुलांङ्गु सफू:लय गनं सफू: दयकुम्ह्येसिया नां व सम्वत् न्ह्यथना तगु मदु, गनं सफू: दयकुम्ह्येसिया नां व सम्वत् न्ह्यथना तगु दुसाँ ठाँयथासय फरक प्रकार यागु सम्वत् छयलातगु खन्ह्येदु, गनं सम्वत् प्रस्ट न्ह्यथना तगु दसां ध्वाठुईके ठाकू ! नेपालय शक सम्वत्, बिक्रम सम्वत्, नेपाल सम्वत्, मानदेव सम्बत्, अंशुवर्मा सम्वत् आदि चलय् जुया वया च्वोंगु खन्ह्येदु !
१) कलियुग ईस्वी सम्वत् सिब्यें ३१०२ दं न्ह्यो चलयेजुगु ख:,
२) बिक्रम सम्वत् ईस्वी सम्वत् सिब्यें ५६/५७ दं न्ह्यो चलयेजुगु ख:,
३) सक सम्वत् ईस्वी सम्वत् सिब्यें ७८ दं लिपा चलयेजुगु ख:,
४) नेपाल सम्वत् ईस्वी सम्वत् सिब्यें ८७९/८८० दं लिपा चलयेजुगु ख:,
नेपालय सफू: च्व:येगु ज्याखंय छ्यला तगु वस्तुत्:
क) ताड पत्र  
कानूनी तवरंयागु अभिलेख, तमसुख (कालविल या हिसाव) तयेगु व धर्मग्रन्थ आदि च्व:येगु नितीं ताड पत्र गाक्क न्ह्यव निस्यें नेपालय जुगु खन्ह्ये दु:! येद्ये या रास्ट्रिय अभिलेखालय दोछिं मयाक्क ताड पत्र यागु अभिलेख संकलन जुगुदु:! ठुगु संकलन दुगु ताड पत्र मध्ये दक्कसिवय पुलांङ्गु बिक्रम सम्वत् १४११ यागु ख:! रास्ट्रिय अभिलेखालय दुगु ताड-पत्रलय च्व:यातगु स्कन्ध पुराण नांयागु ग्रन्थ पुलांगु खन्ह्ये दसां २३४ चैत्रशुक्ल द्वादस्याम समाप्त ढका च्व:या तगु जुया तिथिमिति छुन्ह्ये सिह्ये मदत:!
ख) नेपालि भों
रास्ट्रिय अभिलेखालय दुगु लिच्छवी कालिन आख:दुगु कारन्दब्युह सूत्र नांयागु नेपालि भोंतय च्व:यातगु ठ्यासफू: अध्ययन याय्यवले उगु सफू: ईस्वी सम्वत् या न्हापांगु सताब्दी निस्यें गुंगुगु सताव्दी खंन्ह्येदु ! ठुगु हिसाबन स्वयेबले नेपालय भोंयागु चलन दोछिं मयाक्क न्ह्यो निश्ये जुयावया च्वोंगु खन्ह्ये दयावल !
ग) हरितालिका पत्र
सिमाखोलां (लोक्ता) दयेकुगु भों यात किलं मनयेक तातुईकेट: हरिताल नांयागु वस्तु छगु प्रकारं ईलिगु ज्यायाना म्हासुगु भों दयेक्येगु भोंयात हरिताल पत्र धाई ! लखय घुलय मजुईगु प्राकृतिक तवर्ण दईगु म्हासुगु चि:यागु ढिक्का यात हरिताल धाई! ठुगु प्रकारं दयेकातगु ठ्यासफू: गाक्कं चलनचल्ती वगु खन्ह्येदु!
घ) निल पत्र
हरिताल थ्येंतुं हेंग्वाचुँ व मेगु वन्चुगु वस्तु तया लोक्ता सिमाखोलां दयेकुगु भों पत्र पत्र (वोवो) टिका दयेकातगु वन्चुगु भोंतय सुद्ध लुं व वो यागु मसिन् सफू: च्व:येगु ज्या बौद्ध धर्म ग्रन्थ नं गाक्कं खन्ह्येदु ! स्वनिगलय दुगु अनेक बौद्धविहार गुम्वाय् लूँयागु मसिनं ल्हातं च्व:यातगु ठ्यासफू:त् गुँलाजछी ब्वयेगु चलनदु !  ठुगुझोलय थम्वहीलि दुगु सहश्रप्रज्ञापारमिता (लखतुत: दुगु) च्व:छाय वहजु, दोच्छी मल्याक्क न्ह्यव दयेकुगु ठुगु सफू:या आख: उत्ति ग्यसुलागु छापाथ्येंतुं एकनास अलय उज्जर खन्ह्येदु, हिरण्यवर्ण महाविहारय वरोवर लुंयागु मसिन् ल्ह्यायेगु (भीङ्केगु) ज्याजुगु सिह्येदु:!  
ङ) किताब (सफू:)
च्व:य् न्हथनागु प्राचिन थ्यासफू:त कितावया रूपय मखुस्यें अलग अलग पौ (पत्र) सुकां चिना मा:हना वा सुकां चिना काप:तय पोचिना तगुदुसा, छधिजुईक सफू:या रूपय धासा छापाखाना दुथ्याय ढुंस्येंली न्हुगु तवरण  मा:हना बाईनदिंङग यायेगु चलन वगु जुल !
विलंम्पौ, विलम्पु, पौभा, पटचित्र
ताहाकगु काप:तय किपा दयेका कोस्सं वाख च्व:येगु नं चलन द्वोछिं मयाक्क न्ह्यव निस्स्यें वगु खन्ह्येदु! गुँला जछी बाहा वही पत्तिकं ठ्न्ज्यागु विलम्पु ब्वयगु चलन अझन् दनी ! बिक्रमशील महाविहार थम्वहिं तँगु (भगवान बहाल) पुरातात्विक महत्व दुगु पुलाङगु विलंम्पौ जर्मनीयागु छगु मयुजियम दुगु तथ्य उगु म्युजियमं ईस्वी सम्वत् १९७५ सं छ्गु सफू: पिदंङगु न्ह्यथने वह:जु ! अठ्येन् वरोवर  पुरातात्विक महत्व दुगु ठ्यासफू:, पौभा, विलंम्पौ व द्योयागु मुर्तित् वरोबर बिस्वबजारय लिलामी जुयाच्वोंगुनं पत्रपत्रिकाय न्यन्येदु:!
अंग्रेज लिस्ये सन्धि जुया स्वनिगलय राजदुतावास वय धुंका वपिं आग्रेज तयेसं गाक्कं पुरातात्विक महत्व दुगु द्योयागु मूर्ति, ताड पत्र, लुं व वो यागु मसिँ च्व:यातगु ठ्यासफू: व विलंम्पौ आदि युरोप ल्ह्यया यन्कुगु खन्ह्ये दु:!
क्याम्ब्रिज बिस्वविद्यालय यागु म्युजियमय् दोछी न्हव ने. सं. १३५ (ईस्वी सम्वत् १०१५) सं लुंयागु मसिनं च्व:यातगु अस्तसहश्र प्रज्ञापारमिता नांयागु ठ्या-सफू आतक्क लुयावगु दक्कसिब्ये पुलांगु ठ्यासफू धाह्येमा!

NEPAL SAMBAT , NEPALESE NATIONAL ERA  Nepal sambat was founded on October 20, 879 A.D. during th reign of Thakuri King Raghavadeva (ca....