Friday, August 4, 2017

नेपाल्मण्डल सभ्यताको सबैभन्दा प्राचीन तथा सबैभन्दा ठूलो नमूना काष्ठमण्डप मरु सत: बिरुद्ध षड्यन्त्र - प्रेस बिज्ञपप्ति

नेपाल मण्डल सभ्यताको सबैभन्दा प्राचीन तथा सबैभन्दा ठुलो नमुना काष्ठमण्डप मरु सतः बिरूद्ध षड्यन्त्र।

काष्ठमण्डप पुनर्निर्माणका लागि अभियान र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग तथा काठमाडौं महानगरपालिकाबीच गत २०७४ वैशाख २९ गते काष्ठमण्डपको पुनर्निर्माणको दायित्व यस अभियानको हुने गरी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । त्यसपछि अभियानले काष्ठमण्डपको जग संरक्षणका लागि जस्ताको छाना भएको बाँसको टहरो बनाउने कार्य सुरु गर्दा काठमाडौं महानगरपालिकाले असार ५ गते हस्तक्षेप गरी हामीसँग भएको साँचो लैजाने र काम गर्न रोक्ने कार्य गरेको थियो । त्यसका सम्बन्धमा हामीले पटकपटक राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग र काठमाडौं महानगरपालिकालाई चारै पक्षको बैठक गरी समस्या समाधान गर्न अनुरोध गरेका थियौँ । वर्षायाम सुरु भएकाले काष्ठमण्डपको जगमा पानी पसेर थप क्षति गर्न नपाओस् भनी हामीले सम्बन्धित सबै पक्षको ध्यानाकर्षण पनि गराउँदै आएका थियौँ । महानगरपालिकाले नै भए पनि टहरा बनाएर जगमा पानी पस्नबाट जोगाउनु आवश्यक भएको महसुस गरी हामीले तयार गरेको डिजाइनसमेत दिएर सहयोग गरेका थियौँ । तर, महानगरपालिकाले त्यसलाई खासै महत्त्व दिएन । पुरातत्व विभाग र पुनर्निर्माण प्राधिकरणले पनि जगमा पानी पसेर क्षति हुनसक्ने विषयलाई गम्भीरतापूर्वक लिएनन् । यस विषयमा हामीले सबै निकायलाई घचघच्याइरहेकै बेला राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छलफलका लागि भन्दै बोलाएर निर्माणको जिम्मा महानगरपालिकाले लिने भन्ने मौखिक निर्णय सुनाइएको छ । हामी सरकारी निकायहरूको त्यस एकपक्षीय अनौपचारिक निर्णयमा सहमत छैनौ ।

महानगरपालिकाको कार्यशैलीको उदाहरण त महानगरभर नै देखिन्छ । काष्ठमण्डपकै हकमा पनि जग संरक्षणका लागि टहरा बनाउने काम हामीले असार १० गतेभन्दा पहिले नै समाप्त गर्ने गरी काम गरेका थियौँ । महानगरपालिकाले हस्तक्षेप गरेपछि अहिलेसम्म त्यो टहरा बन्न सकेको छैन । यस वर्षको पानी जगमा पसेर 14 सय वर्ष पुरानो जग बिगा¥यो भने त्यो अपूरणीय क्षति हुनेछ । यसको जिम्मेवारी महानगरपालिका, पुरातत्व विभाग र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लिनुपर्नेछ ।

सरकारी पक्षले काष्ठमण्डप पुनर्निर्माणमा देखाएको उपेक्षा र गरेको व्यवहार यथार्थमा नेपाल मण्डलको सभ्यताप्रति गरिएको षड्यन्त्रकै एउटा अंग हो । काष्ठमण्डप (मरु सतः) संसारकै अद्वितीय भवनमात्र हैन नेवा सभ्यताको अनुपम उदाहरण पनि हो । यससँग विभिन्न नेवा समुदायको जीवनचर्या अभिन्नरूपमा गाँसिएको छ । यसैकारण यो भौतिक संरचनाभन्दा पनि जीवन्त सम्पदा मानिन्छ । तर, सरकारी निकायका पदाधिकारीहरूको सोच र प्रवृत्ति भने यसलाई सामान्य भौतिक संरचना ठान्ने प्रकारको देखियो । यो षड्यन्त्रकै अंग हैन भने चरम अज्ञान हो र यस्ता सोच भएकाहरूको जिम्मामा हामी काष्ठमण्डपलाई लगाउन सक्तैनौ भन्ने स्पष्ट पार्न चाहन्छौँ । हामीले कुमारी द्यो सामु काष्ठमण्डपको पुनर्निर्माण गर्ने संकल्प गरेको स्मरण गर्दै हाम्रो पहिचान र सभ्यताको संरक्षण गरी भावि पुस्तालाई हस्तान्तरण गर्न एक जुट हुन पनि सबैसँग आग्रह गर्दर्छौ ।

वीरेन्द्रभक्त श्रेष्ठ

अध्यक्ष. Phone: 9851029134

काष्ठमण्डप पुनर्निर्माण अभियान

मरु, काठमाडौं — २० ।

Kasthamandap.org

Facebook.com/RebuildKasthamandap

rebuild.kasthamandap@gmail.com


No comments:

Post a Comment

NEPAL SAMBAT , NEPALESE NATIONAL ERA  Nepal sambat was founded on October 20, 879 A.D. during th reign of Thakuri King Raghavadeva (ca....