Friday, July 28, 2017

नेपाल भाषाका महाकवि सिद्दिदास माहजुको १सय ५० औं जन्मजयन्ती

नेपालभाषाका महाकवि सिद्धिदास अमात्यको १ सय ५० औँ जन्मजयन्ती–महाकविको साहित्यिक व्यक्तित्व र योगदानको व्यापक चर्चा–परिचर्चा

By Shyam Smrit -
भक्तपुर । नेपालभाषा साहित्यका महाकवि सिद्धिदास अमात्यको १ सय ५० औँ जन्मजयन्तीका अवसरमा शुक्रबार महाकवि अमात्यको साहित्यिक योगदानका बारेमा चर्चा गरिएको छ। सिद्धिदास प्रतिष्ठान भक्तपुरले आयोजना गरेको कार्यक्रममा तत्कालीन समयमा महाकवि अमात्यको लौहपुरुष गणेशमान सिंह तथा साहित्यकार सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित र चक्रपाणि चालिसेसँगको सामीप्यताबारे समेत चर्चा गरियो।

.....................
‘सिद्धिदास महाजुया थीथी चिन्तन’ (सिद्धिदास महाजुका विभिन्न चिन्तन) विषयको कार्यक्रममा प्रा. डा. योगेन्द्र प्रधान र उपप्राध्यापक रवि शाक्यले महाकवि अमात्यले नेपालभाषा तथा साहित्यको पुनर्जागरण कालमा यसको उत्थान र विकासमा महत्वपूर्ण योगदान दिएको बारेमा प्रकाश पारेका थिए।

कार्यपत्र प्रस्तुत गर्दै प्रा. डा. तुयुबहादुर महर्जनले ‘सिद्धिदास अमात्यका साहित्यमा वर्णविन्यास व्यवस्था बारेमा कार्यपत्र प्रस्तुत गर्दै वर्णविन्यास र व्याकरणको उत्थानमा महाकवि अमात्यको योगदानबारे चर्चा गरेका थिए। महर्जनको कार्यपत्रमाथि ओमकार श्रेष्ठले टिप्पणी गरेका थिए। प्रा. डा. चुन्दा वज्राचार्यले ‘महाकवि अमात्यको कृतिमा महिलाप्रतिको धारणा बारे प्रस्तुत गरेको कार्यपत्रमाथि प्राज्ञ धु्ब्र मधिकर्मीले टिप्पणी प्रस्तुत गरेका थिए।

प्रा.माणिकलाल श्रेष्ठ, मल्ल के सुन्दर, आयोजक प्रतिष्ठानका विमल प्रधानलगायतले महाकवि अमात्यको योगदानबारेमा चर्चा–परिचर्चा गरेका थिए। प्रतिष्ठानका अध्यक्ष नरेन्द्रभक्त हाडा, सचिव अमररत्न वज्राचार्य, शान्ति निकेतन माविका प्रअ महेन्द्रगोपाल कर्माचार्यले समेत महाकवि अमात्यको विविध आयामबारे चर्चा गरेका थिए। महाकवि अमात्यका ‘सज्जन हृदयभरण’, ‘सत्यवती’, ‘सत्य मदन’, ‘शुकरम्भा संवाद’, ‘रम्भाव शुक संवाद’, ‘सिद्धि रामायण’लगायत कृति प्रकाशित छन्।
प्रकाशन मिति–२०७४ साल साउन १३ गते शुक्रबार ।
(Source-visionsansar.com)

No comments:

Post a Comment

NEPAL SAMBAT , NEPALESE NATIONAL ERA  Nepal sambat was founded on October 20, 879 A.D. during th reign of Thakuri King Raghavadeva (ca....